कांग्रेस भित्र ठुलो विवादको संकेत,महाधिवेशन अन्योलमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पुनः प्रभावित हुने भएको छ । सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री बनेसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधनका लागि समेत बैठक बस्न सकेको छैन । मंगलबारदेखि बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक निरन्तर स्थगित भइरहेको छ ।महाधिवेशन कार्यतालिका अनुसार क्रियाशील सदस्यता छानविन समितिले असार २० भित्रमा टुंग्याउनुपर्ने क्रियाशील सदस्यताको सूची ११ दिन बित्दासम्म टुंगिएको छैन । महाधिवेशन कार्यतालिका अनुसार आज कांग्रेस सभापति देउवाले हस्ताक्षर गरेर क्रियाशील सस्दयको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउनुपर्ने थियो । तर, छानविन समितिले विवाद टुंग्याउन ढिलो गरेपछि महाधिवेशन प्रभावित हुने देखिएको हो ।

कार्यतालिका अनुसार साउन १२ गते कांग्रेसको वडा तहको अधिवेशन हुनुपर्ने थियो । सदस्यता विवाद नटुंगिएपछि नेताहरु तत्काललाई तल्लो तहको अधिवेशनको कार्यतालिका केही दिन सार्ने पक्षमा छन् । यद्यपि त्यसबाट पनि भदौ १६ देखि १९ गतेसम्म हुनुपर्ने महाधिवेशन सुनिश्चित हुँदैन । अर्कोतर्फ । वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गरिसकेका छैनन् । यही कारण कांग्रेसभित्र देउवाप्रति असन्तुष्टि बढ्दो छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । बिना सल्लाह खाँड र कार्की सपथ लिने बेलामा देउवाले सल्लाह नै नलिएको भनेर कांग्रेस रामचन्द्र पौडेल पक्ष रुष्ट छ । पौडेल पक्षको भनाई हेर्ने हो भने देउवाले नियुक्त गरेका मन्त्रिहरुको विवरण इतर पक्षका नेताले मिडिया बाट पाएका थिए ।

अर्थ मन्त्रालय माओवादीलाई दिइएको खबर पनि पौडेल नेताहरुले मिडियाबाटै पाएको बताउदै आएलका छन् । अहिले मन्त्रिमण्डलमा चारजना छन्, दुईजना कांग्रेसका छन् । कुन मोडालिटीमा मन्त्रिमण्डलमा भागवण्डा हुने भन्ने विषयमा पनि कांग्रेस नेताहरुसँग सभापति देउवाले सल्लाह गरेका छैनन् ।

आज बोलाइएको पदाधिकारी बैठकमा यसबारे सल्लाह हुने आशा नेताहरुले गरेका थिए, तर, देउवाले बैठक नै रोकिदिएका छन् । बैठक रोकेर प्रधानमन्त्री देउवा मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको बुझिएको छ । यसरी पार्टी भित्रैको विवादले महाधिवेशननै अन्योलमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस