आज बिहिवार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन ताेलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीकाे भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।