दक्षिण अफ्रिका हिंसामा परि मृत्यु हुनेको संख्या ११७ पुग्यो

दुई सातादेखि जारी प्रदर्शन नियन्त्रण गर्नका लागि दक्षिण अफ्रिकाले सेना परिचालन गरेको छ । झन्डै २० हजार सेनाको टुकडीलाई प्रहरीको सहयोगमा पठाइएको हो । यहाँ हिंसात्मक प्रदर्शनबाट मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगिसकेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेसँगै उनका समर्थकहरूले हिंसा र लुट मच्चाएका हुन् ।

दक्षिण अफ्रिकामा अल्पसङ्ख्यक श्वेतको शासन समाप्त भएको वर्ष १९९४ पछि एकै पटक यति ठुलो सङ्ख्यामा सैनिक परिचालन गरिएको यो पहिलो पटक हो । हतियारसहितका अत्याधुनिक गाडीमा बिहीबार सैनिकहरू गउटेङ प्रान्तमा डुलेका थिए । राजधानी जोहानेसवर्ग र प्रिटोरिया शहर पनि यही प्राप्तमा पर्छ । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि शुक्रबार प्रदर्शन सुरु भएको भए पनि गरिबी र असमानताले यो प्रदर्शन चर्काउन ठुलो भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस