एमाले बैठकमा गएर भीम रावल सहितका नेताले भने बैठकलाई रोकौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक भइरहेको स्थलमा पुगेका छन्। च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका हुन्।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका छन्। उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।

‘तपाईंहरू बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा उपाध्यक्ष रावलले भने,‘होइन, बैठक रोकौं भनेर आएका हौं।’ बैठकस्थलमा पुगेका नेताहरूमध्ये भीम आचार्यबाहेक सबै पार्टी विवाद समाधान कार्यदलका सदस्य हुन्।

यो पनि

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

काठमाडौं । सर्वोच्चले प्रतिनिधीसभा पुर्नस्थापना गरेसँगै विभिन्न प्रदेशहरुले संसद् अधिवेशन अन्त्य गर्न शुरुवात गरेका छन् । यसअघि कर्णाली प्रदेशले संसद् अधिवेश अन्त्य गरि अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले हिजाे राती नै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

प्रदेशसभामा पेश भएको बजेट सहमति पास गर्नका लागि सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि शुक्रबार साँझ एमालेले सदन बहिष्कार गरेर हिंडेको थियो । सरकारको सिफारिसलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १९३ को उपधारा २ बमोजिम भन्दै आठौं अधिवेशन अन्त्य गरेका छन् । यो सँगै लुम्बिनीको बजेट अध्यादेशबाट आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस