देउवालाई बिश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । नेकपा एमालेले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई विश्वासको मतत नदिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । एमालले परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा बैधानिक नभएको र जनमतमा पनि बैधानिक नहुने ठहर गरेकजो छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । माधव नेपाल पक्षलाई के हुन्छ भन्ने प्रश्नमा उनले ह्विप लाहगु नहुने भएपछि माधव नेपालको गुटले भोट दिए उनिहरुको व्यक्तिगत निर्णय हुने र त्यसबिषयमा पार्टी नमुसिने बताए ।
यो पनि पछढ्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै माधव पक्षिय नेताहरु बैठक स्थल पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राखेका थिए । त्यसपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए । बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका छन्। उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।

‘तपाईंहरू बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा उपाध्यक्ष रावलले‘होइन, बैठक रोकौं भनेर आएका हौं।’बैठक रो्क्ने प्रस्ताव गरेपनि ओलीपक्षले बैठक रोक्न मानेन । बैठक नरोकिएपछि बैठक स्थल पुगेका माधव गुटका नेतहरु आक्रोशीत हुँदै बाहिर निस्किएका छन् ।

बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए । बैठकस्थलमा पुगेका नेताहरूमध्ये भीम आचार्यबाहेक सबै पार्टी विवाद समाधान कार्यदलका सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस