कोभिड १९ अपडेट – पछिल्लो २४ घण्टामा २९ सय बढि संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।
यो पनि पढ्नुहोस

नेकपा एमाले स्थायी कमिटीको बैठक बानेश्वरमा सुरु भएको छ । नयाँ बानेश्वरस्थीत संसद् भवनमा बैठक सुरु भएको हो । जारी बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।

यसअघि आज बिहान एमाले स्थायी कमिटीको बैठक बसेको थियो उक्त बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो । दलको बैठकले स्थायी समिति बैठकले गरेका सोही निर्णयलाई अनुमोदन गर्ने नेताहरुको भनाई छ । अहिले जारी एमाले संसदीय दलको बैठकमा नेकपा एमालेको माधव पक्षभने सहभागी छैन ।

यसअघि स्थायी कमिटी बैठकमा नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट गएका थिए । तर उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरे ।

ओलीले बैठक रोक्न नमानेपछि उनीहरु नेता माधव नेपालको निवास लागेका थिए । नेपालसँग उनीहरुले आगामी रणनीतिबारे छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस