जसपा महन्थ पक्षले गर्यो देउवालाई विश्वासको मत नदिने निर्णय

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको जसपा र नेकपा एमाले ओली पक्षबीच संयुक्त रुपमा विपक्षमा बस्दै आपसी समझदारी गर्ने सम्झौता भएको छ ।

ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन् ।

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

यो पनि पढ्नुहोस्

पार्टी एकताको प्रयास गर्दै आज पनि नेकपा एमालेका दुई गुट माधव नेपाल र ओली पक्षका नेताहरु छलफलमा बस्दै छन् ।

शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने स्रोतले बताएको छ । एमालेमा एकातर्फ केपी ओली र माधव नेपाल बीच कटाक्ष चलिरहे पनि अन्य नेताहरु भने पार्टीको विवाद मिलाउन लागि परेका छन् ।

दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो। आज बस्ने भनिएको बैठकले केहि सकरात्मक समाचार दिने नेताहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस