भीम रावलले दिए सांसद पदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले पत्रकारहरुसँग भने, ‘म राजीनामा दिन्छु।’रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।रावल निकट पत्रकार एकिन्द्र कुँवरका अनुसार रावलले संसद् सचिवालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै एक ठाउँमा भएर छलफल गरेर विवाद समाधान गर्नु पर्ने भएपनि दुवैले आफ्नो अडान नछोडेको र पार्टी एकताको पक्षमा उनीहरू नरहेको ठहर गर्दै रावलले राजीनामा बुझाएको बताइएकाे छ ।

रावल एमाले विवाद समाधान कार्यदलकाे नेपाल समूहबाट संयोजक समेत थिए ।

प्रतिक्रिया दिनुहोस