मलाई बचाउनुहोस्, म छोरीहरुका लागि बाँच्न चाहान्छु : चम्सुरी

काठमाडौं । चर्चित हाँस्य शृखला मेरी बास्सैबाट चर्चा कमाएकी कलाकार पल्पसा डंगोल जीवन र मरणको दोसाँधमा पुगेकी छन् ।करिब ५ वर्षबाट दुवै किड्नी फेल भएर बाँचिरहेकी उनको अवस्था अहिले दयनीय बन्दै गएको बारे चर्चित कलाकार दीपाश्री निरौलाले शनिबार टिचिगं अस्पताल पुगेर उनलाई भेटेपछि यो खबर बाहिर आएको हो ।

चम्सुरीले अस्पतालबाटै किड्नी तथा उपचारको लागि रकमको सहयोग समेत याचना गरिरहेकी छन् ।कलाकारितासँगै दुई छोरीहरुको उज्वल भविष्याका लागि अनेकौँ संघर्ष गरेकी चम्सुरीले दीपाश्रीलाई देखेपछि भक्कानिएर रोएको भिडियो सार्वजनिक भएपछि कलाकारहरुले सहयोग अभियान चलाएका छन् ।

५ वर्षदेखि उपचार खर्च टार्दै आएपनि २ महिना देखि आफूलाई अत्यन्तै संकट परेको उनले दीपाश्रीसँग भक्कानिँदै भनेकी छिन् ।उनले भनेकी छिन् ‘मलाई उपचारको लागि साह्रै गाह्रो भएको छ। मेरो छोरीहरुको भविष्यको लागि संघर्ष गर्दा गर्दै मेरो किड्नी फेल भएको पत्तै पाइन। ५ वर्षदेखि उपचार गर्दै आएँ।

तर २ महिनादेखि मलाई अन्यन्तै गाह्रो भएको छ,’ उनले अस्पतालबाटै भनेकी छन्, ‘मलाई बचाउने कोही भएन संशारमा मलाई कसैले किड्नी दिएपनि बाँचने थिएँ।अकालमा मेरो ज्यान जाँदैन थियो होला । मेरो भन्दा मलाई छोरीहरुको बढी चिन्ता छ । म उनीहरुको लागि भएपनि बाँच्न चाहन्छु।’ चम्सुरीलाई सहयोग गर्न ९८०३१३३६६९ चहानेले सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस