राष्ट्रपतिलाई संसद् विघटन गर्न बाध्य बनाईयो – प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘मलाई विश्वासको मत दिने प्रतिबद्धता दिने पार्टी र साथीहरुप्रति धन्यवाद दिन्छु ।’

संसदको अधिवेशनमा पूर्व प्रधानमन्त्री साथै एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुदा देउवाले गुनासो पनि पोखे । प्रतिपक्षी दलका नेताले संसदको महत्वपूर्ण दिनमा उपस्थित हुनै पर्ने उनको तर्क थियो ।

देउवाले ओलीले सदनमा आफ्ना कुरा नराखेको र सदनमा नबोलेको बिषयमा पनि गुनासो पोखेका छन् । उनले ओलीलाई ब्यंग गर्दै भने राम्रो बोल्न सक्ने केपी ओली सदनमा किन बोल्नुभएन ?

देउवाले प्रतिनिधीसभा बिघटन मुद्दामा राष्ट्रपतिको गल्ति नभएको पनि बताए उनले केपी ओलीले विधादेवी भण्डारीले बाध्य पारेको बताए । उनले भने राती राती सितलनिवास गएर संसद् विघटन गर्दा राष्ट्रपति सुत्न पाउनुभएन होला ।

प्रतिक्रिया दिनुहोस