पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन गराउने घटनामा वृद्धि

नयाँ दिल्ली । पाकिस्तानमा हिन्दु समुदायलाई बलपुर्वक धर्म परिवर्तन गराउने घटना वृद्धि भईरहेको छ ।पाकिस्तानमा हिन्दु धर्मावलम्बिहरुलाई बलपुर्वक मुस्लिम धर्ममा रुपान्तरण गराउने क्रम बढीरहेको छ । पछिल्लो समयमा बन्दिन जिल्लाको मल्ती क्षेत्रमा मात्रै साठी जना सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराईएको घटनाले मानवअधिकारकर्मीहरु चकित भएका छन् ।

सम्पन्न व्याक्तिहरुले विपन्न र सोझा हिन्दु समुदायका नोकरहरुलाई ऋण मुक्त गर्ने र स्वतन्त्रता सुनिश्चित गर्ने भन्दै धर्म परिवर्तन गरेको बताईएको छ । मल्ती नगरपालिका समितिका अध्यक्ष समेत रहेका अब्दुल रैफ नीजमानीले हिन्दुहरुलाई धर्म परिवर्तन गराईएको भिडियो नै सार्वजनिक गरेका छन् ।

उक्त भिडियो सार्वजनिक गर्दै रैफले अल्लामदुलिला, मेरो मार्गदर्शनमा आज साठी जना मानिसले मुस्लिम धर्म अबलम्बन गरे, उनीहरुका लागि प्रार्थना गर्नुहोस भनेर लेखेका थिए । मुस्लिम धर्मको बाहुल्यता रहेको पाकिस्तानमा बलपुर्वक धर्म परिवर्तन गराउने जस्ता धार्मिक अतिवादको गतिविधि हुने गरेको छ । स्रोत जी न्युज

प्रतिक्रिया दिनुहोस