आज साेमबार ह्वात्तै बढ्याे सुनकाे भाउ,

आज साेमबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस