पार्टीले कारवाही गरे मुद्दा हाल्ने नेपाल पक्षको चेतावनी

काठमाडौं । नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन । सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।

यसअघि सर्वोच्चले प्रतिनिधीसभा विघटन मुद्दालाई बदर गरेसँगै संसद् पुर्नस्थापना प्रक्रियामा संसदीय दलको ह्विप नलाग्ने गरि निर्णय दिएको थियो । पछी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट विश्वासको मत लिँदा एमाले केपी ओली पक्षका केही सदस्य सहित माधव नेपालका पक्षका सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए । त्यसपछी देउवाको पक्षमा मतदान गर्ने सांसद्हरुलाई एमालले स्पस्टीकरण मागेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस