९ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १० अंकले घटेर २,९८५ दशमलव ५७ अंकको विन्दुमा कायम भएको छ ।आज दिनभरमा २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको २४ करोड १८ लाख, एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनी र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका इकाई धनी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस