आखिर किन ‘चम्सुरी’ले छोरिहरुसंग आफ्नो यस्तो डरलाग्दो रोग बर्षौ सम्म लुकाईन ? यस्तो रहेछ बाध्यता

काठमाडौं । हाँस्य टेलिश्रृङखला ‘मेरी बास्सै’बाट चर्चामा आएकी हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ दुवै मिर्गौला फेल भएपछि उपचारको लागि अस्पताल भर्ना भएकी छन् । उनको हाल त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । एक महिनाअगाडि स्वास्थ्यमा समस्या आएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् ।

आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पल्पसाले शनिवार निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलालाई एसएमएसमार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराएपछि उनको स्वास्थ्य समस्यावारे सार्वजनिक भएको थियो । दिपाश्रीका अनुसार पाँच वर्षअघि पनि पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर, छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन् । उनका दुई छोरी छन् ।

दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो । एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’ अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।

पल्पसा केही समयअघिसम्म अभिनयमा सक्रिय नै थिइन् । उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् । लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनुअघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् ।

निरौलाले शनिबार टिचिङ अस्पताल पुगेर उनको अवस्थाका बारेमा जानकारी लिँदै सामाजिक मार्फत सार्वजनिक गरेकी थिइन् । दिपाश्रीले लेखेकी छिन् ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी टिचिङ हस्पिटलमा किड्नीमा समस्या भएर ३०५ नम्बर बेडमा छिन् । हामी सबै मिलेर साथ र सु–स्वास्थ्यको कामना गरौं ।’

प्रतिक्रिया दिनुहोस