झलनाथको सम्पूर्ण उपचार सरकारले ब्यहोर्ने देउवाको घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।एमाले नेता झलनाथ खनाल यतिवेला स्वास्थ उपचारका लागि भारतको एपोलो अस्पतालमा छन् । उनको मृगौलामा समस्या आएपछि उपचारका लागि भारत लगिएको छ ।

जुम्लिया दाजुभाईको जुम्लिया दिदिबहिनीसग बिवाह गर्ने एकदमै ठूलो चाहाना हुन्छ ।संकल्प र बिकल्पले काव्या र दिव्यासग बिवाह गरेर यतिबेला अत्याधिक खुसि छन् ।भनिन्छ मान्छेको जिवनमा जा्म मृत्यु प्रेम र बिवाह चहि लेखेकै सग हुन्छ ।यो भनाई वास्तविक नै मिल्न गएको छ ।दुई दाजुभाइको सपनानै दुई दिदिबहिनीसग बिवाह गर्ने थियो जुन अन्ततः यथार्थमा परिणत भयो ।सामाजिक संजालमा अहिले उक्त जोडि एकदमै भाइरल बनिरहेका छन् ।

एकदमै रमाइलो उक्त जोडिहरु एकदमै राम्रा र सबैको बिचार एकआपसमा समेत मिलेको हामिले पायौ ।जुम्लियाले जुम्लियानै यसरी बिवाह गरेको सायदै एबदमै न्यून जोडिहरुमा एक हो ।उनिहरु हुबहु उस्तै देखिन्छन् र सन्तान पनि उस्तै हुने हो या कस्तो हुने हो त्यो आफुहरुमा समेत कौतुहलता भएको उनिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस