कोरोनाको १० लाख डोज खोप लिन जहाज आज बेइजिङ जाँदै

काठमाडौं । कोरोना भाईरस बिरुद्दको चाईनिज भेरोसेल खोपको १० लाख डोज खोप लिन आज नेपाल बायूसेवा निगमको जहाज बेईजिङ जाँदैछ ।थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन-डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ ।

अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो । सरकारले पछिल्लो समय कोरोना खोपको आपूर्तिलाई तिब्र बनाएको छ । यसअघि प्रतिनिधी सभा बैठकमा पनि नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना बिरुद्दलो लडाँईमा सरकार पूर्ण रुपमा केन्द्रित हुने बताएका थिए ।

खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ । सो जहाज भोलि राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। ठाकुर निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए। प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस