बालुवाटारमा देउवा र महन्थको ‘वान टू वान’ वार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएकाे छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री देउवासँग ‘वान टु वान’ वार्ता गर्दै महन्थले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न आग्रह गरेका हुन् ।

आफूलाई विश्वासको मत दिएकोमा महन्थलाई धन्यवाद दिएका प्रधानमन्त्रीले सरकारमा आउनेबारे जिज्ञासा राखेका थिए । तर, महन्थले आफूहरु सरकारमा आउने र नआउने सामान्य कुरा रहेको र सबैभन्दा पहिला आफूहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

सरकारमासहभागी हुनेभन्दा माग पूरा गराउने आफूहरुको अहिले प्रमुख उद्देश्य रहेको प्रधानमन्त्री देउवालाई जवाफ दिएका महन्थले माग पूरा भएमा सरकारमा जाने विषयमा विचार गर्न सकिने बताए

प्रतिक्रिया दिनुहोस