माधवको माग पूरा गर्दै ओली, के पार्टी एकताका लागि तयार होलान् माधव नेपाल ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर पार्टीमा दुई अध्यक्षात्मक प्रणाली अपनाउन आफू तयार रहेको बताएका छन् । बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा केही बेर समय दिएर बोलेका अध्यक्ष ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका हुन् ।

पार्टी एकिकरण गरेर लैजानु पर्ने कुरामा अहिले केपी ओली पक्ष थप लचिलो भई एकिकरणका लागि प्रयासरत रहेको छ । बैठकमा बोल्दै ओलीले कार्यदलो १० बुँदामा आफू लचिलो हुने र माधवलाई दोस्रो अध्यक्ष समेत बनाउने प्रतिबद्दता जायर गरे उनले भने ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ’ बुधबारको बैठकमा ओलीले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बैठकमा बताए । उनले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

यसअघि पार्टी मिलनका लागि कार्यदलको दश बुँदा राजनैतिक भएको भन्दै माधव नेपालले पार्टी अध्यक्षको हैसियत पनि पाए एकिकरण गर्न सकिने बताए पार्टीलाई जेठ २ मा फर्काईसकेका अध्यक्ष ओलीले अहिले माधवलाई दोस्रो अध्यक्ष दिने भनिरहँदा पार्टी एकिकरणले नयाँ आयम बनाउछ वा बनाउदैन हेर्नपर्ने कुरा छ ।

प्रतिक्रिया दिनुहोस