भारतीय बायोटेक्नोलोजीद्धारा प्रारम्भिक चरणमै क्यान्सर पत्ता लाग्ने वैज्ञानिक अन्वेषण

नयाँ दिल्ली । भारतको बायोटेक्नोलोजी कम्पनीले क्यान्सर रोगको प्रारम्भिक चरणमै पत्ता लगाउने महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ ।भारत बायोटेक्नोलोजीले क्यान्सर प्रारम्भिक चरणमै पक्ता लगाउने वैज्ञानिक उपलब्धि हासिल गरेको दाबी गरेको छ । यो वैज्ञानिक उपलब्धिलाई सम्बन्धित नियामक संस्थाहरुले यो बर्षको अन्त्य तिर पुष्टि गर्ने अपेक्षा गरिएको छ । यो उपलब्धि पुष्टि भए क्यान्सर रोगको धेरै मात्रामा उपचार हुन सक्ने र लाखौँ क्यान्सर रोगीलाई अकालमा ज्यान जान बाट जोगाउन सकिनेछ ।

मुम्बईस्थित इपिजेनर्स बायोटेक्नोलोजी र सिंगापुरस्थित टीजर ल्याब्सले यो वैज्ञानिक प्रविधि अन्वेषण गरेको दाबी गरेका हुन् । कम्पनीहरुले क्यान्सर पत्ता लगाउने आफ्नो विज्ञान शत प्रतिशत प्रभावकारी रहेको पनि दाबी गरेका छन् । यी दुबै बायोटेक्नोलोजिकल कम्पनी भारतीय नानोटेक वैज्ञानिक डा. विनय त्रिपाठीद्धारा सञ्चालित छन् । दुबै कम्पनीहरुको व्याबस्थापकद्धय डा. त्रिपाठीको छोराहरु आसिस र अनिसले यो वैज्ञानिक उपलब्धि प्रभावकारी रहेको दाबी गरेका छन् । एक हजार मानिसमा विभिन्न प्रकृतिको क्यान्सर रोग प्रारम्भिक चरणमै पक्ता लागेको उनीहरुले बताएका छन् ।

यसले क्यान्सर रोगहरुको समयमै पहिचान भई उपचार सम्भव हुने उनीहरुले बताए । यो वैज्ञानिक प्रविधि यो बर्षको अन्त्यबाट सुचारु गरी सबैभन्दा पहिले भारतमा परिक्षण गर्न चाहेको आसिस त्रिपाठीले बताए । यो प्रविधिमा सबैभन्दा पहिले रगत परिक्षण गर्ने र मोलिक्युलर बिश्लेषण गरिने बताईएको छ ।

सञ्चालक वैज्ञानिक डा. त्रिपाठीको जुवाईँ र सन् २०१८ मा आत्महत्या गरेका क्यान्सर पीडित उच्च ओहोदाका मुम्बई प्रहरी अधिकारी हिमांसु रोयको सम्मानमा उक्त वैज्ञानिक प्रविधिको नाम एच्आरसी राखिने कम्पनीले निर्णय गरेको छ । हालसम्म विश्वमा मानिसमा एक सय असी प्रकारका क्यान्सरहरु पाईएको छ । यो प्रविधिद्धारा २५ प्रकारका क्यान्सरको प्रारम्भिक चरणमा पत्ता लाग्ने दाबी गरिएको छ । स्रोत एन्डी टिभी

प्रतिक्रिया दिनुहोस