प्रियंकाको प्रशंसा गर्दै बाबुरामले भने : रुढीबादी सत्ताको जालो च्यात्ने साहस

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । टाइमलाइनमा उनका तस्विर चर्चाको केन्द्रमा छन् ।पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणले उनको बेबी–बम्प तस्विरमाथि आफ्नै दृष्टिकोण पेश गरिरहेका छन् ।कतिपयले गर्भावस्थालाई सेलिव्रेसन गर्न पाउनु उनको निजी अधिकार र स्वतन्त्रता भएको बताइरहेका छन् भने कतिपयले उनलाई उत्ताउली भएको भन्दै आलोचना गरिरहेका छन् ।

प्रियंकाको बेबी-बम्पवाला तस्विरमाथि सामाजिक संजालमा भैरहेको बहसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जोडिएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले प्रियंकाको कामको प्रशंसा गरेका छन् ।

उनी लेख्छन्, ‘यति गर्न यो यो खानैपर्छ । १) महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना (गूगल सर्च गरौं) । २) युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस ३) ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !

आमा बन्दै दुई नायिका : ऋचालाई ताली प्रियंकालाई गालीअभिनेत्रीद्वय प्रियंका कार्की र ऋचा शर्मा आमा बन्ने तयारीमा छन् ।प्रियंकाले सामाजिक सञ्जालमा आफू गर्भवती भएको जानकारी दिएको साता दिन नपुग्दै ऋचाले पनि आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिइन् ।

फरक के थियो भने प्रियंकाले आफ्नो ठुलो पेट देखाउँदै उक्त पेटमा अभिनेता पति आयुष्मान् देशराज जोशीले चुम्बन गरेको तस्बिर पोस्ट गरिन् ।तर ऋचाले भने आमालाई सम्झँदै एक बिरुवामा पति दीपेक्ष विक्रम राणासँग मिलेर पानी हाल्दै गरेको तस्बिर पोस्ट गरिन् । यी दुवै अभिनेत्रीहरू आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ ।

अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् । विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।

उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस