चितवन घटनामा मारिएका युवकको टाउकोमा गोली लागेको पुष्टि

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका युवकको टाउकोमा गोली लागेको पुष्टि भएको छ । मृतकको टाउको चोट लागेपछि घटनास्थलको अनुसन्धान गर्दा त्यहाँ गोलीको खोका भेट्टाएको प्रहरीले जानकारी दिएको छ । बिहीबार मृत फेला परेका युवकको शव पोष्टमार्टमको लागी भरतपुर अस्पतालमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । अन्यत्र घाउ चोट देखिएको छैन । गए राति उनको गाली हानेर हत्या गरेको हुनसक्ने बताइएको छ । पछिल्लो समय चितवनमा हत्याको संख्या बढेको कारणले अपराधिको खोज तथा अनुसन्धानलाई तिब्र पारिएको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विश्वकै नमुना रहेको राष्ट्रिय सभा सदस्य रामनारयाण बिडारीले बताएका छन्। बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने समेत दाबी गरे।
उनले भने, ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ।

विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै उक्त फैसलाको विरोध गर्नु गलत भएको उनले बताए। जनताले बनाएको संविधानमा उल्लेखित कुरा सार्वजनिक ओहदामा रहेकाहरुले मान्नुपर्ने संवैधानिक दायित्व भएको उल्लेख उनले गरेका छन्। उनले भने, ‘अदालतले गरेको फैसलालाई हियाउने? यसलाई गिज्याउने? संवैधानिकता नैतिकता कता हरायो? देशको ढुकुटी खाने सार्वजनिक पद धारण गरेको व्यक्तिले संवैधानिक दायित्व मान्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस