हेर्नुहोस् पछिल्लो २४ घण्टाको कोभिड अपडेट

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ५३६, ललिपुरका १३० र भक्तपुरमा ८५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२८८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।

ओलीले भने, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’
तत्कालीन नेकपा रहँदा साधारण सदस्यबाटै आफूलाई निस्कासन गरिएको स्मरण गर्दै ओलीले भने, ‘अब त्यो बाटोमा नजाऊँ, हामी सबै एकसाथ अघि बढौँ ।’ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ,’ उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’ नेकपा एमाले भित्र लामोसमयदेखिको विवादका कारण दुई फरक फरक धूर्व देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस