कम्युनिष्ट नेताहरु एकै मञ्चमा,ओलीले पाएनन् निम्ता

कम्युनिस्ट नेताहरूले एउटै मञ्चबाट कम्युनिस्ट आन्दोलनको संकटमाथि बहस गर्ने त्यो मञ्चमा एमाले अध्यक्ष केपी ओली भने हुने छैनन् । पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा ओलीलाई निम्ता नै गरिएको छैन । एकै मञ्चमा ६ घटकका कम्युनिस्ट नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रतिष्ठानले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने कार्यक्रममा बोलाएको छैन्। कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले ओलीलाई नबोलाएको प्रतिष्ठानले जनाएको छ।

कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको छ। बोलाएका सबै वक्ताहरुले एक एक गरी आ–आफ्ना भनाइहरु राख्ने भएका छन्।

छरिएर रहेका कम्युनिस्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन। यसअघि नेपाल निवासमा नेपालसहित प्रचण्ड र विप्लवबीचको भेटघाटमा ओलीबाहेक कम्युनिस्ट मोर्चावन्दी वा एकता गर्ने विषयमा समेत छलफल भएको थियो। तत्काल छरिएर रहेका कम्युनिष्ट नेताहरु मिल्न नसक्ने अवस्थामा मिल्ने मुद्दामा सहकार्य गरेर जानुपर्ने नेताहरुले धारणा राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस