यी ६ राशिका लागि ५ ओटा सोमबार परेको विशेष साउन अत्यन्त फलिफाप

“साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशा स्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ ।”

“नेपालमा हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ ।”

“महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा उत्तिकै छ ।”

“हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको सं-क्रमण हुने हुँदा लुतो पनि फालिन्छ ।”

“यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।”

“यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ ।”

“तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।”

“यसपटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार छन् । यसपाली साउन ३२ सम्म छ । ५ ओटा सोमबार पर्नु भनेको साउन महिना नै विशेष हो । साउनको ब्रतले धेरै राम्रो फल दिन्छ । त्यसै पनि यसपाली ५ ओटा सोमबार परेकोले साउन विशेष छ ।”

“साउनको ब्रत यी ६ राशिको लागि फलदायी छ ।”

मेष राशि, वृष राशि, तुला राशि, धनु राशि, मकर राशि, मीन राशि

प्रतिक्रिया दिनुहोस