खुसीको खबर :-हास्यकलाकार चम्सुरीले पाइन् मिर्गौला

दुवै मिर्गाैलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत हास्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले मिर्गाैला पाउने भएकी छिन् । नेपालमा मिर्गाैला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले डंगोललाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो । डंगोलका भाइ राजु डंगोलका अनुसार नेपालमा मिर्गाैला गर्न हाडनाता चाहिने भएका कारण यतै उपचार हुने कि नहुने परिवार दाेधारमा थियो ।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएकाे थियाे । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मिर्गाैला पाइसकेका छौँ । चार–पाँचजनाले दिने भनेर आउनुभएको छ,’ तर, अहिले दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।’

दुई दिनपछि आउने रिपोर्टले कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुने उनले बताए । घरमै बसिरहेको वेला सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी डंगोलको त्यतिवेला मात्रै दुवै मिर्गाैलाले काम गर्न छाडेको रिपोर्ट डक्टरहरूले निकालेका थिए । विगत १५ वर्षदेखि मिर्गाैलाको समस्याबाट डंगोल पीडित थिइन् ।

प्रतिक्रिया दिनुहोस