बन्जीजम्प गर्ने क्र ममा युवतीको मृ त्यु, गलत तरिकाले डोरी बाँधीएकि का रण

काठमाडौं। आजभोलि साहसिक खेलहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् । तर, यस्ता खेलमा सावधानी नहुँदा दुर्घटना पनि हुने गरेका छन् । बन्जीजम्प गर्न गएकी एक युवतीको यस्तै असावधानीका कारण मृत्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी ती युवतीले डोरी नै नबाँधी हाम्फालेपछि उनको मृत्यु भएको हो ।

डेलीमेलको रिपोर्टअनुसार २५वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृत्यु भएको हो । कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्रमित भएर उनी तल खसेकी हुन् । उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

घटनास्थल पुगेका अमागाका उद्धारकर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृत्यु भइसकेको बताए । यद्यपि युवतीको मृत्यु खसेका कारण भएको भने देखिएन । मेडिकल रिपोर्टमा उनको मृत्यु हृदयाघातका कारण भएको थियो । अर्थात हाम्फालेपछि उनलाई हावामै हृदयाघात भएर मृत्यु भएको अनुमान गरिएको छ । रिपोर्टका अनुसार हाम्फालेपछि जब उनलाई आफू बन्जी कर्डसँग नजोडिएको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृदयाघात भएको हुन सक्छ ।

खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने संकेत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र भ्रमित भएर हाम्फालिन् । जबकि त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन ।

प्रतिक्रिया दिनुहोस