१७० वर्षदेखि बन्द मन्दिरको गुप्त ‘बेसमेन्ट’मा भेटिएको ठूलो बाकस खोल्दा…

एजेन्सी। भारतको राजस्थानको ब्रह्मा मन्दिर पछिल्लो समय चर्चामा छ । करोडौं खर्च गरेर यो मन्दिरलाई अहमदाबादको अक्षरधाम मन्दिरको शैलीमा बनाइँदैछ । यो मन्दिर १ वर्ष अगाडि पनि निकै चर्चामा थियो। त्यतिबेला यो मन्दिरमा एउटा गुप्त बेसमेन्ट भेटिएको थियो।

गुप्त बेसमेन्ट भेटिएपछि यसलाई मन्दिरका प्रबन्धक, सुरक्षाकर्मी, सरकारी कर्मचारी लगायतको रोहवरमा खोलियो। बेसमेन्टभित्र एउटा फलामको ठूलो बाकस भेटिएको थियो । राजस्थानको पुष्करमा रहेको यो वेणुगोपाल मन्दिरमा भेटिएको यो बेसमेन्ट १७० वर्षदेखि नखुलेको बताइएको थियो।

बेसमेन्टभित्र भेटिएको ठूलो बाकसमा ठूलो परिमाणमा खजाना भेटिने आशामा ठूलो लगानीमा यसलाई बाहिर निकालियो। यो फलामको बाकस निकै गह्रौं थियो । तर खोलेर हेर्दा यो बाकस खाली भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस