राष्ट्रपतिद्वारा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ ।’गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ५ सदस्यीय मन्त्रिमण्डल बनाएपनि त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बेला आज एक राज्यमन्त्री थप गरिएको हो।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला सरकारमा नजाने भएका छन् । आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुन गरिएको प्रस्ताव महामन्त्री कोइरालाले अस्विकार गरेको खुल्न आएको छ ।प्रधानमन्त्री देउवाले उनलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अहिले आफू सरकारमा जान ईच्छुक नभएको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका हुन् ।

मलाई सरकारमा सहभागी हुनकाको लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभएको थियो । तर, मैले म अहिले सरकारमा जान्नँ भन्ने जवाफ दिएको छु ’ कोइरालाले भने ।कोइरालाले प्रधानमन्त्री देउवालाई आफ्नो पूरा सहयोग रहने पनि विश्वास दिलाएका छन् । कांग्रेसमा कोइराला परिवारबाट सुजाता कोइरालालाई मन्त्री बनाएर पठाउने तयारी भएको छ । यसको लागि शशांकले नै सुजातालाई प्रस्ताव गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस