दुनियाकै सबैभन्दा कमजोर मान्छे त्यो हो जसले आफ्ना आफन्तहरुलाई हराएर आफूलाई बहादुर सम्झिन्छ

१) प्रत्येक सफल व्यक्तिको पछाडी एक संघर्षपूर्ण कहानी हुन्छ, प्रत्येक संघर्षपूर्ण कहानीको अन्त्य सफलतामा हुन्छ ।

२) समय ठिक चलिरहदा गल्ती पनि मजाक बन्छ तर समय खराब हुदाँ मजाक पनि गल्ती बन्छ ।

३) जिन्दगीमा अभिनय यस्तो सान्दार सित गर्नुस कि पर्दा खसीसकेपछी पनि ताली बज्दै गरोस ।

४) हामी आफैले आफैलाई मूल्यांकन गर्नुपर्दा ‘मैले के के गर्न सक्छु’ भनी गर्छौ तर अन्यले मूल्यांकन गर्दा ‘तिमीले के के गर्यौ’ सो मात्र हेर्दछन् ।

५) राम्रो सम्बन्धको लागि वन्दन र सर्त हुन आवस्यक छैन त्यसको लागि २ राम्रो मन हुन आवस्यक छ। पहिलो भरोसा गर्न सकियोस् र दोस्रो त्यसलाई बुझ्ने सकियोस।

६) खुसी केवल त्यही व्यक्तिहरू लाई मात्र प्राप्त हुन्छ जसले अरूलाई खुसी बनाउन प्रयासरत रहन्छ ।

७) गर्ने समय यही हो किनकी हिजो मरिसक्यो, भोली जन्मेकै छैन । जे आजै गरौ, अहिल्यै गरौ, ढिलाइ नगरौ । हिजोलाई फर्काउन सक्दैनौ, भोली कहिल्यै आउदैन । जे छ आज छ ।

८) जिबनमा धेरै सम्बन्धहरु जोड्ने आवस्यक छैन तर जो सम्बन्धहरु जोडिएका छ्न तिनमा जीवन हुन जरुरी छ.

९) जिन्दगीमा कसैलाई पनि बेकारको नसम्झनुस् किनकी बन्द घडीले पनि दिनको दुई पटक सही समय दिन्छ ।

१०) माफी माग्नेहरु सबैले गल्ती नगरेका पनि हुन सक्छन् ,किनकि कोही कोही मान्छेहरुमा आफू झुकेर पनि सम्बन्ध जोगाउने अद्दीतिय कला हुन्छ ।

११) हार्न तब आवस्यक हुन्छ जब लडाइ अफ्ना संग हुन्छ र जित्न आवश्यक त्यो बेला हुन्छ जब लडाइ आफू संग हुन्छ।

१२) सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ।

१३) एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ , तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै बन्दैन।

१४) किन चिन्ता गर्नुहुन्छ यदि मान्छेहरुले तपाइलाई बुझेनन भने , चिन्ता त तपाइले तब गर्नुपर्छ जब तपाइले आफुलाई बुझ्नुभएको हुदैन..

१५) दुनियाकै सबैभन्दा कमजोर मान्छे त्यो हो जसले आफ्ना आफन्तहरुलाई हराएर आफूलाई बहादुर सम्झिन्छ।

प्रतिक्रिया दिनुहोस