आज साेमबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज साेमबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस