बिग बोस अभिनेत्री यशिका कार दुर्घटनामा गम्भीर घाइते, साथीको घटनास्थलमै मृत्यु

तमिल बिग बोस मार्फत चर्चामा आएकी अभिनेत्री याशिका आनन्द सडक दुर्घटनाको शिकार भएकी छिन् । याशिका दुर्घटनामा परि गंभीर घाईते भएकी छिन् । उनी संगै रहेकी साथी बल्लिभेट्टी भवानीको घटनास्थलमै ज्यान गएको छ ।

प्रत्यक्षर्शीका अनुसार ओभरस्पीडमा एक एसयुबी इसीआर रोडमा गईरहेको थियो । कारले सेन्टर मीडियनको ठक्कर दियो र सडक किनारमा गएर पल्टिएको थियो । घटना लगत्तै केही ब्यक्तिहरु कारमा सवार ब्यक्तिहरु लाई बचाउन गएका थिए ।

यशिकाको हात, खुट्टा, हिपमा फ्याक्चर भएको छ । प्रत्यक्षदर्शीका अनुसार यशिकाले यात्रा गरिरहेको एसयुभी कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि कार सडकछेउ खाल्डोमा खसेको थियो । यशिकासमेत ३ जनालाई स्थानीयले दुर्घटनाग्रस्त कारबाट बाहिर निकालेका थिए ।

तीनै जनालाई नजिकको अस्पताल लगिएको थियो । यशिकाकी साथी वल्लीभेट्टी भवानी कारभित्र नराम्रोसँग फसेकी थिइन् । उनलाई बचाउन उद्धारकर्मीको प्रतिक्षा गरिएको भए पनि उनको घटनास्थलमै मृत्यु भयो । घटनापछि यशिकाका पिता दिल्लीबाट चेन्नइ गएका छन् । भवानीको शवलाई चेंगलपेट अस्पतालमा अटोप्सीको लागि पठाइएको छ । पुलिसले नशाको अवस्थामा गाडी चलाएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस