जसपा विवादमा तटस्थ बसे रेशम

काठमाडौं- रेशम चौधरीले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा आफूलाई तटस्थ राखेका छन्। निर्वाचन आयोगले जसपा विवादलाई ‘हेड काउन्ट’द्वारा टुंग्याउने भएपछि उनी केन्द्रीय कारागारबाट आयोग कार्यालय पुगेका थिए। डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।
आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

मन्त्रालयका सहसचिव गंगा लोहनीले समितिमा जनाएअनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने सम्भावना छ । तीमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना औंल्याइएको छ ।

कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिका तथा खोप लगाउन नपाएका व्यक्तिहरु बढी जोखिममा पर्ने सम्भावना रहेको पनि मन्त्रालयले प्रस्ट पारेको छ । यसअघि पनि स्वास्थ्य मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै नेपाल कोरोना भाईरस तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको बताएको थियो । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा केही हदसम्म चेन ब्रेक लागेता पनि संक्रमणको जोखिम अझ उच्च भएको भन्दै सरोकारवाला पक्षहरुले सचेत रहन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस