घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदी १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

नेपाली जनतालाई खुशीको खवर, अब विजुलीको विल तिर्न नपर्ने
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गरिरहेका छन् । उनको सरकारको ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री छन् माओवादी नेतृ पम्फा भुसाल । उनै भुसालको योजना अनुसार नेपाली जनताले निशूल्क विद्युत उपलब्ध गराइने भएको छ ।

गरिवीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क विद्युत उपलब्ध गराउने भएको हो । सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिन आफूले गृहकार्य थालिसकेको जानकारी दिइन् ।

भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पारिन । मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको बताइन् । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाई थियो ।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि बताइन् । त्यसैगरी उनले ट्रान्समिसन लाइन निर्माणको कामलाई तीव्रता दिने जानकारी दिइन् । मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मुलुकको उत्पादन र उत्पादकत्व बृध्दिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको पनि बताइन् । मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत वस्तु सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पारिन् ।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जालगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको जानकारी दिइन् । जलविद्युत आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढन नसकेको अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस