माओवादी केन्द्रको आकस्मिक बैठक जारी, यी छन् एजेण्डा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएको छ । विहान प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरुसँग वार्ता गरिसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ । यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो ।

असार २८ मा नयाँ सरकार गठन भई ३ साउनमा विश्वासको मत समेत पुष्टि भएपनि प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हालसम्म एक राज्यमन्त्रीसहित ६ जनाको मात्र क्याबिनेट रहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध नयाँ सरकारलाई गर्न छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नहुने र यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने बताए।

‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्,उनले भने। उनले ओली नेतृत्वको सरकारका गैरजिम्मेवारी कामको बेलिविस्तार लगाउँदै उनले भने , ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

प्रतिक्रिया दिनुहोस