माओवादीको आकस्मिक बैठक सकियो , यस्तो भयो निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक सकिएको छ । बैठकले तत्कालिन केपी शर्मा ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्तिको निर्णय गरेको छ । आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको हो ।शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । भने प्रदेश २ मा राजेश झा अहिराज नियुक्त भएका थिए ।यो निर्णयपछि मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकमा तीन प्रदेशका प्रमुखहरु हटाउने निर्णय हुने बताइएको छ ।गठबन्धनले सातै प्रदेशका प्रमुख हटाउने निर्णय गरेको छ । तीन प्रदेशका तत्काल नै हटाउने सहमति भएअनुसार आजको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने भएको छ ।
यो पनि पढ्नुहोस्

नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेजस्तो अपराध नयाँ सरकारलाई गर्न छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनै पनि अपराध गर्ने छुट नहुने र यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने बताए।

‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन्,उनले भने। उनले ओली नेतृत्वको सरकारका गैरजिम्मेवारी कामको बेलिविस्तार लगाउँदै उनले भने , ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तैयस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ, अघिल्लो सरकार ।’

प्रतिक्रिया दिनुहोस