एक वर्षमै मिया खलिफाको सम्बन्धविच्छेद, लेखिन् भावुक स्टाटस

पूर्व पो-र्नस्टार मिया खलिफाको वैवाहिक जीवन १ वर्षमै सकिएको छ । गतबर्षको लकडाउनमा बिवाह गरेकी उनको छोटो समयमा नै डिभोर्स भएको हो ।

उनले सामाजिक संजालमार्फत पति रोकर्ट स्यान्डबर्गसँग सम्बन्धविच्छेदको भएको जानकारी दिएकी छिन् । २०१९ मा इंगेजमेन्ट गरेर गत वर्ष बिहे गरेकी मियाले आफूले यो सम्बन्धलाई सफल बनाउन सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताएकी छिन् ।

मियाले लेखेकी छिन् ‘हामी आत्मविश्वासका साथ भन्न सक्छौं कि हामीले हाम्रो विवाहलाई सफल बनाउन सक्दो प्रयास गर्यौं । तर, एक वर्षको थेरापी र प्रयासपछि हामीले आफ्नो बाटो अलग बनाउँदैछौं ।

हामीले एक अर्कालाई माया र इज्जत गर्नेछौं किनकि हामीलाई थाहा छ एउटा घटनाले हामीलाई अलग गर्न सक्दैन । हामी यो च्याप्टरलाई कुनै पछुतोबिना बन्द गर्दैछौं ।’उनको डिभोर्सले संसारभर चर्चा पाएको छ भने कतपय ठाँउमा ट्रोलसमेत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस