पछिल्लो २४ घण्टामा ३ हजार ८९९ मा कोरोना पुष्टि

काठमाडौं– नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टमा देशभरका प्रयोगशालामा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस