जसपा कार्यकारिणी समितीको बैठक बस्दै, मन्त्रिहरुको नाम टुंगो लगाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा मंगलबारदेखि जारी छ। निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक बोलाएका हुन्। बैठकमा यादवपक्षका ३४ जना कार्यकारिणी सदस्य सहभागी छन्। आज दिउँसो १ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने एक नेताले बताए।

यो पनि पढ्नुहोस्

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी गौरिका सिंहको खेल परेको छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

एनको उत्कृष्ट टाइमिङ ५८।१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो । टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२।६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

प्रतिक्रिया दिनुहोस