राष्ट्रपति भण्डारीद्वारा युद्द संग्रालयको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गरेकी छन् । संग्रहालय उद्घाटनको लागि उनी बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आएकी थिइन । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।

६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा आज पौडीतर्फ नेपाली खेलाडी गौरिका सिंहको खेल परेको छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै परेकी उनको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

गैरिका यो स्पर्धामा दक्षिण एसियाली च्याम्पियन हुन् । उनले दुई वर्षअघि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।

एनको उत्कृष्ट टाइमिङ ५८।१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो । टोकियो आटिकको ५० मिटर लङ कोर्षमा उनले टाइमिङ सुधार गर्ने अपेक्षा गरिएको छ । महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२।६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ ।

हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

पौडी खेलाडी अजेक्जेन्डर शाहले हिजो १ सय मिटर फ्रिस्टाइलमै राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा शीर्ष स्थानमा रहे पनि उनको टाइमिङ अर्को चरणका लागि पर्याप्त भएन ।

शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

प्रतिक्रिया दिनुहोस