बिहेका दिन बेहुलीनै बेहुलाकी बहिनी भएको खुल्यो, तैपनि आमाले आफ्नै छोरालाई ज्वाइँ बनाइन्

शीर्षक पढ्दा तपाइँ आश्च`र्यमा पर्नुभयो होला तर यो सत्य हो । एक आमाले आफ्नो छोराको बिहे हुनै लाग्दा बेहुली आफ्नी छोरी भएको थाहा पाइन् । यति हुँदा`हुँदै पनि ती दुईको बिहे भयो । र, ती आमाले आफ्ना छोरालाई ज्वाइँ बनाइन् ।

कसैले कल्पना गर्न सकेत नसक्ने यो आश्च`र्यजनक घ`टना चीनको हो ।चीनमा आफ्नो छोराको बिहेको क्रममा बेहुलाकी आमाले बेहुलीको हातमा देखे`पछि उनको होस उड्यो । ती आमा अचा`नक जोडजोडले रु`न लागिन् । खासमा जुन जोडीको बिहे हुँदै थियो उनीहरु दाजु`बहिनी भएको पाइयो ।

जब आमाले बेहुलीको हातमा उनको जन्मको निशान देखिन त्यस`पछि उनले चिनिहालिन् – ती बेहुली त उनकी छोरी थिइन् । यो घ`टना चीनको जियांग्सु प्रान्तको सोझेउको भएको बताइएको छ ।

चीनको ओरिएन्टल डेली`लाई उद्धृत गर्दै डेली मेल को अनुसार यो विवाह ३१ मार्चका दिन भइरहे`को थियो । ती आमाले बेहुलीको हातमा रहेको जन्मको निशान देखेपछि उनका माता`पिताको बारेमा सोधिन् । सोधपुछ गर्दै जाँदा खुलासा भयो कि ती बेहुलीका माता`पिताले उनलाई जन्म दिएका थिएनन् ।

२० वर्षअघि ती बालिकालाई उनीहरुले सडक किनारामा फेला पारेका थिए । त्यसपछि उनी`हरुले ती बालिकालाई छोरी बनाएर हुर्का`एका थिए ।यो खुलासासँगै ती बेहुली पनि रु`न थालिन् । उनले थाहा पाइन् कि खासमा जुन युवकसँग उनको बिहे हुन लागेको थियो ती युवककी आमा नै उनलाई जन्माउने आमा थिइन् ।

तर, बिहेको यो कार्य`क्रममा अझै अर्को ट्वीस्ट आउन बाँकी नै थियो जुन खुलासाले यी दुईको हुन लागेको बिहे समेत नरोकिने भयो । खासमा ती युवककी आमाले पनि उनलाई जन्मा`एकी थिइनन् ।

यी युवकलाई पनि ती आमाले सानैमा भेटेर छोरा बनाएर हुर्काएकी थिइन् । जैविक रुपमा दाजुबहिनी नभएकोले ती दुईको बिहेमा कुनै रोक`टोक थिएन र बेहुलीकी जन्म दिने आमा`लाई पनि यो विवाहमा कुनै आपत्ति थिएन ।

स्थानीय मिडियाका अनुसार २० वर्ष पहिले यी आमाकी छोरी हरा`एकी थिइन् । निकै खोज्दा पनि छोरी नभेटेकी ती महिलाले अर्का एक बालक फेला पारिन् र त्यही बालक`लाई छोरा बनाएर हुर्काइन् । अन्ततः ती दुईको विवाह भएको छ । – डिसी नेपाल

प्रतिक्रिया दिनुहोस