जम्मु काश्मीर । भारतको जम्मु काश्मीरका कथा चित्रकार अजिम हसन आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका छन् ।जम्मु काश्मीरस्थित अनन्तनाग जिल्लाका ३४ बर्षीय कथा चित्रकार अजिमले अन्तराष्ट्रिय स्तरमा आफ्नो चित्र प्रदर्शनका लागि चीन गएका हुन् । जम्मु काश्मीरको स्थानीय कथाहरु अन्तराष्ट्रिय स्तरमा पुर्याउने पहिले देखि सपना रहेको उनले बताएका छन् ।
कला भन्ने कुरा सिकाई गर्न नसकिने भन्दै यसलाई केवल सुधार र विकसित गर्दै लाने सीप भएको अजिमले बताए । कोरोना माहामारीको समयमा उनले ठुला तथा लाक्षणिक चित्रहरु बनाएका छन् । उनको बुलबुल चित्रमा जम्मु काश्मीरको सुन्दर पक्ष उतारिएको छ । यो चित्रमा एक सुन्दर युवति शिकारा ताल नजिकै बुलबुल चरीसँग संवाद गरिरहेको दृश्य छ ।
यसले जम्मु काश्मीरको स्वच्छता, निर्मलता र आतिथ्य सत्कारलाई झल्काएको चित्रकार अजिमले बताए । अजिमको चित्रले काश्मीर, काश्मीरी मानिस, काश्मीरी बाटो, हिमालय, संस्कृति, इतिहास जस्ता मौलिक अस्तित्व झल्काउने उनको भाई तथा पहिलो आलोचक हनन बाबाले बताए । अजिमले काश्मीर विश्वबिधालयबाट फाइन आर्टमा ब्याचलर तह पास गरेका छन्, भने नयाँ दिल्ली स्थित जमिया मिलिया इस्लामिया बिश्वविधालयबाट चित्रकार बिधामा मास्टर्स गरेका छन् ।
त्यसपछि फाइन आर्ट बिधामा दोस्रो मास्टर्सका लागि चीनस्थित चाइना एकेडेमी अफ आर्टमा अध्ययन गरेका छन् । चीनमा अध्ययनको क्रममा रहँदा पनि आफ्नो चित्रमा काश्मीरकै मौलिकता उतार्ने गरेको उनले बताए । पछिल्लो समय, चित्र प्रदर्शनीका लागि अजिम चीनको हांग्जोउ पुगेका हुन् । स्रोत ग्रेटर काश्मीर