जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

पार्टी भित्र रहेको लामो समयको आधिकारीकता विवादले निचोड पाएको केही दिन बित्दै जसपाले आफ्नो संसदीय दलको नेता चयन गरेको छ । आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले जसपा संसदीय दलको नेतामा उपेन्द्र यादवलाई नियुक्त गरेको छ । पार्टीको विधान अनुरुप सर्वसम्मत संसदीय दलको नेता चयन गर्न नसकेको खण्डमा निर्वाचनको प्रक्रियामा जानुपर्ने उल्लेख छ ।

तर उपेन्द्र यादवलाई भने पार्टीले सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो थिए भने पार्टी अध्यक्षमा महन्थ ठाकुर रहेका थिए ।

ओलीले अध्यक्ष छाडेमात्र एकता सम्भव छ : झाँकी
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले पद छाड्न तयार भए मात्र पार्टी एकता सम्भव हुने बताएकी छन।

शनिबार राजधानीमा आयोजित अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ? भनेर प्रश्न गरिन।

नेतृ झाँक्रीले ओली विरुद्ध आफूहरुले गरेको विद्रोहले अन्ततः वैधता पाएको दाबी गरिन।

‘हामीले प्रमाणित गरेर देखायौं। आज हामीले गरेको विद्रोहले वैधता प्राप्ता गरेको छ। हामीमाथि कसैले औला ठडाउन सक्ने अवस्था छैन।’ उनले भनिन्,’पार्टी एकता हुन्छ। कहिले हुन्छ? जहिल्यै आजको राजनीतिलाई यो अवस्थामा पुर्याउने पात्रहरु यो राजनीतिको मेनस्ट्रिमबाट बाहिर हुन्छन। पार्टी एकताको सर्तमा छोड्छन। त्यति बेलामात्र पार्टी एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस