हार्ले डेभिसन बाइक चलाउँदा अमेरिकामा पनि हेलमेट लगाउँदैनन् : पारस शाह

काठमाडौं । पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्।शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झगडा भएको थियो।

प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।सामाजिक सञ्जाल मार्फत पारसले हार्ले डेभिसनको बाइस चलाउँदा अमेरिकामा पनि हेलमेट नलगाउने गरेको बताएका हुन।उनले फेसबुकको स्टोरीमा लेखेका छन्, ‘यो मेरो जिन्दगी हो। अमेरिकामा पनि हार्ली चलाउँदा कसैले पनि हेमलेट लगाउँदैनन्।’


ओलीले अध्यक्ष छाडेमात्र एकता सम्भव छ : झाँकी
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीले पद छाड्न तयार भए मात्र पार्टी एकता सम्भव हुने बताएकी छन।

शनिबार राजधानीमा आयोजित अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ? भनेर प्रश्न गरिन।

नेतृ झाँक्रीले ओली विरुद्ध आफूहरुले गरेको विद्रोहले अन्ततः वैधता पाएको दाबी गरिन।

‘हामीले प्रमाणित गरेर देखायौं। आज हामीले गरेको विद्रोहले वैधता प्राप्ता गरेको छ। हामीमाथि कसैले औला ठडाउन सक्ने अवस्था छैन।’ उनले भनिन्,’पार्टी एकता हुन्छ। कहिले हुन्छ? जहिल्यै आजको राजनीतिलाई यो अवस्थामा पुर्याउने पात्रहरु यो राजनीतिको मेनस्ट्रिमबाट बाहिर हुन्छन। पार्टी एकताको सर्तमा छोड्छन। त्यति बेलामात्र पार्टी एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस