पुस-माघसम्म तीन करोड २३ लाख खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म तीन करोड २३ लाख कोरोना डोज खोप आइसक्ने बताउनुभएको छ ।

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै खोप खरिद तथा आयातबारे जानकारी दिनुभएको छ ।

‘चीनले अनुदानमा दिएको १६ लाख र जापाले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने र भुटानले दिएको तीन लाख डोज खोप पनि छिट्टै आइपुग्नेछ,’ उहाँले भर्चुअल प्रेस मिटमा भन्नुभयो, ‘चीनको सिनोमार्फ कम्पनीसँथ ६० लाख खोप खरिदका लागि सम्झौता भइसकेको छ ।’

राज्यमन्त्री श्रेष्ठका अनुसार अघिल्लो सरकारले नै यसको प्रक्रिया अघि बढाएको र आफू आएपछि सम्झौतामा हस्ताक्षर भएको छ ।

साथै उहाँले सरकारी सेवा सुविधा नलिने घोषणासमेत गर्नुभएको छ । उहाँले पारिश्रमिक आवासलगायत सुविधा नलिने बताउनुभएको हो । तर, सुरक्षाकर्मी भने लिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस