प्रियंका कार्कीको आलोचना गर्नेलाई आयुष्मानको जवाफ- तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर

अभिनेत्री प्रियंका कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । विभिन्न कारणले चर्चामा आइरहन रुचाउने उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय छिन् ।नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खु कु री र म ले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए । यी कुराले प्रियंकालाई भने खासै फरक परेको छैन ।

उनी, यो पलको मज्जा उठाइरहेकी छिन् ।प्रियंकालाई उनका श्रीमान् आयुष्मान देशराज जोशीले पनि साथ दिइरहेका छन् ।प्रियंकासँग हरेक समय साथै रहने आयुष्मानले सामाजिक संजालमा एक तस्वीर शेयर गर्दै लेखेका छन्–‘म आफ्नो जीवन बदल्न तयार भएको छु, तिमीहरु प्रियंका भन्दै चिल्लाउँदै गर ।’

आयुष्मानले जीवनको नयाँ मोडमा रहेको समयमा आलोचना गर्नेहरुलाई जवाफ दिन खोजेका छन् । उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे ।

सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए । अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।

तर पनि यो जोडी रमाउन छाडेको छैन । हालैमात्र अभिनेता आयुष्मान देशराज जोशीले प्रियंकासँगको तस्विर शेयर गरे । जहाँ प्रियंकाले आच्ची पिटाइ नपुग्या भनेर कमेन्ट गरेकी छिन् । जुन कुरा अहिले भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस