प्रियंकालाई सासुको साथ, भन्छिन्- ‘उनको जिन्दगीमा तख्खल दिने तपाईँ को हो ?’

नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती छिन्।उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। अहिले उनको बेबिबम्पको निकै चर्चा छ । उनको चर्चा र बिवादा उत्कर्षमा छ । यसले नयाँ बहस समेत श्रृजना गरेको छ ।

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ गरिन् ।

विवाह अघि आफ्ना साथीहरूसँग थाइल्यान्डमा ब्याचलर पार्टी गर्दा उनलाई खुकुरी रमले प्रायोजन गरेको थियो । उनले सामाजिक सञ्जालमा ‘बेबी सावर’को तस्बिर राख्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आए ।

उनको तस्बिरमा सुशील नेपालले ‘बेबी सावरमा पनि खुकुरी रमको प्रायोजन हो ?’ भनेर सोधे । त्यस्तै नारायण ओझाले आफ्नो संस्कृति बिर्सन लागेकोमा चिन्ता व्यक्त गरे । सामर्थ ढुङ्गानाले ‘बेबी भएपछि टिकटकमा छ नि को हो भन्ने भिडियो चाहिँ नबनाउनु है’ भन्दै सुझाव दिए ।

अर्का प्रयोगकर्ता मिलन बानियाँले ‘हैन ए पिंकु दिदी, डायनासोर जन्माउने शुभ साइत कहिले हो ?’ भनी सोधेका छन् । त्यस्तै नीरज बाबु भट्टराईले ‘धेरै फोटो हालेर, हेरेर होला दिज्यू गर्भवती भइसकेको पनि दशक बिते जस्तो लागिराछ’ भनी लेखेका छन् ।

प्रियंकाको प्रशंशा गर्दै रबिनाले भनिन्- ‘उनको जिन्दगीमा तख्खल दिने तपाईँ को हो ?’ बुहारीको समर्थन गर्दै सासुले प्रियंका राम्री, सेक्सी, आफ्नो शरिरलाई माया गर्नेलगायतका गुणले भरिपुर्ण भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस