फिल्मको सुटिङमा साराको नाक काटियो, रुदैँ आइन् लाइभ

फिल्मको सुटिङमा साराको नाक काटियो, रुदैँ आइन् लाइभ बलिउड नायिका सारा अलि खान अहिले आफ्नो शरीर र फिटनेसको कारण मिडियामा छाइरहेकी छिन् ।नायिका खान सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् र लगातार आफ्नो तस्वीर सेयर गर्दै आएकी छिन् ।शरीर ट्रान्सफर्मेशन गरेपछि खान आफ्नो खास पहिचान बनाइरहेकी छिन् । उनका फलोअर्सले पनि धेरै प्रशंसा गरिरहेका छन् ।

उनले थोरै फिल्ममा अभिनय गरेकी भए पनि सोसल मिडियामा उनका फ्यानको संख्या धेरै छ।सोसल मिडिया खासगरी इन्स्टाग्राममा उनी धेरै सक्रिय रहन्छिन्। उनी जहिले पनि सुटिङ वा ट्रिपमा जाँदा त्यहाँका तस्बिर इन्स्टाग्राममा पोस्ट गर्छिन्।

अहिले उनले इन्स्टाग्राममा ३० मिलियन फलोअर्स पाएकी छन्। यति छोटो समयमा यो सफलता हासिल गर्ने उनी पछिल्लो जमानाकी पहिलो अभिनेत्री हुन्।साराले आफ्नो डेब्यु फिल्मसँगै सन् २०१८ बाट इन्स्टाग्राममा आफ्ना सामग्री पोस्ट गर्न थालेकी हुन्।छोटो समयमै उनी ऐतिहासिक उपलब्धि हात पार्न सफल भएकी छन्।

हालै उनले इन्टाग्राममा शेयर गरिरहेको एउटा तस्विर भाइरल भइरहेको छ । जहाँ उनले सेफ अलि खान र अमृता सिंहलाई मेन्सन गरेर, ‘अम्मा अब्बु मैले तिमीहरुको नाक काटे’ लेखेको छिन् ।उक्त्त तस्विरको बास्तविकता बाहिर नआइपुगे पनि फ्यानहरु भने सारालाई के भयो भनेर डराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस