कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।\बोर्डले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो ।

मन्त्रालयले कोरोना खोप उपलब्ध गर्ने विषयमा सिसिएमसीसंग परामर्श गरेको थियो । तर सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएको छ ।स्रोतका अनुसार सिसिएमसिले बोर्डलाई नया मितिको तय गर्न आग्रह गर्दै पत्राचार गरेको छ ।

पाच दिन अघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिब्यक्ति दिनुभएको थियो । स्वाथ्य मन्त्रालयको दवावमा सिसिएमसिले बोर्डलाई नया मिति तय गर्ने अनुरोध सहित पत्र पठाएको छ ।स्वाथ्य राज्यमन्त्री श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने बताएका थिए ।

परीक्षाको मिति तय गर्ने विषयमा भोली शनिबा बोर्डको बैठक बस्ने तयारी भएको छ । सो बैठकले मिति सार्ने विषयमा निर्णय गर्नेछ । स्रोतका अनुसार सीसीएमसीले परीक्षा सानुपर्ने आशयको पत्र पठाएको कारण परीक्षाको मिति सर्न सक्ने अनुमान छ । बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो ।

परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने र केन्द्रमा हेल्थ डेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो । अब बोर्डको बैठकले परीक्षा सार्ने तयारी गरेको छ । परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी आन्तरिक मुल्याङ्कनबाट नम्बर दिने भन्ने विषयमा भोलिकाे बैठकले निर्णय गर्ने सम्भावना छ ।

पछिल्लो समय दैनिक ३ हजार ५ सय हाराहारीको काेभिड संक्रमित फेला पर्न थालेपछि परीक्षा लगायत अन्य गतिबिधि गर्न दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । यो वर्षको परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।

प्रतिक्रिया दिनुहोस