अनुचित सामाग्री प्रचार गरेको भन्दै पाकिस्तानमा टिकटक प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानले सामाजिक सञ्जाल टिकटक प्रयोगमा पुन प्रतिबन्ध लगाएको छ ।प्रयोगकर्ताहरुले टिकटकमा अनुचित भिडियो सामाग्रीहरु बनाउने भन्दै पाकिस्तान दूरसंचारले टिकटक प्रतिबन्ध गरेको हो । पछिल्लो समय प्रान्तिय अदातलको आदेश अनुसार प्रतिबन्ध गरिएको टिकटकमाथि पाकिस्तानमा यो चौथौ पटकको प्रतिबन्ध हो ।

अभिव्याक्ति स्वतन्त्रता पक्षधरहरुले भने सरकारले इन्टरनेट र सामाजिक सञ्चालको पहुँचमाथि दमन गरेको भन्दै आलोचना गरेका छन् । टिकटकमा अनुचित भिडियो सामाग्रीहरु रोक्न नसकेको कारण प्रतिबन्ध लगाईएको दुरसंचार प्राधिकरणले जनाएको छ । पाकिस्तानस्थित टिकटकको स्थानीय प्रतिनिधि निकायले भने यसबारे केही टिप्पणी गरेको छैन ।

कतिपय प्रयोगकर्ताहरुले सामाग्री बिक्रि र बजारीकरणका लागि समेत प्रयोग गर्दै आएको टिकटकको पाकिस्तानमा ठुलो प्रभाव छ । तर रुढिवादी मुस्लिम मुलुक पाकिस्तानमा टिकटक मार्फत अश्लिल र अनुचित सामाग्रीहरु प्रचार गरेको भन्दै आलोचना हुँदै आएको छ । स्रोत फ्रान्स ट्वान्टी फोर

प्रतिक्रिया दिनुहोस